वीरगन्ज– एसबीआई बैंकको वीरगन्ज श्रीपुर शाखाका म्यानेजर आफ्नै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका छन् । वाराको कलैया उपमहानगरपालिका वडा नम्बर एक मोतीबाग टोल बस्ने ३६ वर्षीय दिपेन्द्र प्रसाद जैसवार श्रीमती पिन्की कुर्मीको हत्याको आरोपमा पक्राउ परेका हुन् । एसबीआई बैंकको श्रीपुर शाखा प्रबन्धक (म्यानेजर) रहेका जैसवारलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।
जैसवारका बुबा मुरारी जैसवार, आमा मन्तुरा देवी र काका जगत प्रसाद जैसवार फरार रहेका छन् । यही असोज २ गते काठमाडौँको मेडिसिटी अस्पतालमा पिन्कीको उपचारको क्रममा मृत्यु भएपछि माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको छ ।
भदौ १८ गते कलैयाको मोतीबाग स्थित निवासमा पिन्की माथि सामूहिक रुपमा श्रीमान, ससुरा, सासु र काकाले लात, मुक्का र लाठी समेत प्रयोग गरि उसको टाउँको , छाती, हात र खुट्टा लगायतको शरिरको विभिन्न भागमा प्रहार गरि घाइते बनाएका थिए ।
पिन्की गम्भीर घाइते भएपछि उपचारका लागि वीरगन्जका डा. उदयनारायण सिंहको क्लिनिकमा ल्याएका थिए । पिन्कीको नाक र कानबाट रक्तश्राव भइरहेको थियो । डाक्टरले सीटी स्क्यान गर्न सुझाव दिएपनि उनीहरुले सीटी स्क्यान नगराई पिन्कीलाई घर लगेका थिए ।
गम्भीर घाइते भएकी पिन्कीको उपचार नै नगराई घरमा राख्दा उनी सिकिस्त हुदै गइन् । भदौ २७ मा उनलाई वीरगन्जको एडभान्स हस्पिटलमा ल्याए । त्यहाँ उपचार हुन नसकेपछि पिन्कीलाई चितवनको मेडिकल कलेजमा लिएर गए । त्यहाँका डाक्टरले पनि काठमाडौँ रेफर गरिदिए ।
त्यहाँबाट मेडिसिटी अस्पतालमा भर्ना गरे । उपचारको क्रममा असोज २ गते साँझ ७ बजेको समयमा पिन्कीको मृत्यु भएको अस्पतालले जनाएको छ । पिन्कीको टाउको (तालु) मा गम्भीर चोट लागेको उपचारमा संलग्न डाक्टरले जनाएका छन् । शरिरको विभिन्न भागमा निलडाम देखिएको छ ।
बहिनी पिन्की कुर्मीको योजना बनाई हत्या गरेको भन्दै भाई मनिष कुर्मीले जाहेरी दर्ता गराएका छन् । २०६७ साल मंसिर १४ गते पिन्की र दिपेन्द्रको विवाह भएको थियो । दुबैको १० वर्षीय छोरी र ७ वर्षीय छोरा गरि दुई सन्तान रहेका छन् ।
पहिलो सन्तानको रुपमा छोरी जन्मेदेखि पिन्की माथि घरेलु हिंसा सुरु भएको थियो । त्यसअघि दाइजोमा ४० लाख रुपैया नगद, १० तोला सुन लगायतका सामग्री लिएर पनि बेहुला पक्षले एउटा कारको डिमान्ड गर्दै आएको थियो ।
पारिवारिक स्रोतका अनुसार पिन्कीमाथि सामूहिक कुटपिट गरेको केही दिन अगाडि मात्र एउटा जीवन बिमा कम्पनीमा उनको ५० लाख रुपैयाँको बिमा समेत गरिएको थियो ।
पटक पटकको घरेलु हिंसाबाट आजित भएर पिन्कीले २०७५ साल मंसिर ४ मा बारा जिल्ला अदालतमा घरेलु हिंसाको मुद्दा दिएको थिइन् । अदालतले उनकै पक्षमा फैसला समेत गरेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्