काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन् । भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण पदक प्रदान गरेकी हुन् ।जसमधये पर्साका ८ जना रहेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले संविधान दिवसमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको जनाएका छन् ।
यता पर्सामा बिभुषित हुनेमा वीरगंजका उद्योगी,व्यपारि,डाक्टर ,स्वास्थ्यकर्मी रहेका छन । दिवसको अवसरमा वीरगञ्जका स्वतन्त्रता सेनानी स्व मेघराज उपाध्यायलाई प्रसिद्ध प्रबल जनसेवा श्री र व्यवसायी मुरलीधर रुंगटालाई प्रबल जन सेवा श्रीबाट विभूषित गरिएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ता, वीरगञ्ज हेल्थ केयर अस्पतालका सञ्चालक डाक्टर अबुल हैस अन्सारी, उद्योगीहरु अशोक कुमार वैद, दिपेन्द्र कुमार कलवारलाई प्रबल जनसेवा श्री बाट विभूषित गरिएको गृछ ।
त्यसैगरि नारायणी अस्पताल वीरगञ्जको नर्सिङ अधिकृत हेमा थापालाई जन सेवा श्री पदवीबाट सम्मान गरिएको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्