राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ का लागी पर्साका तिवारी र पंकज मनोनयन

अवार्ड २०२२ मा मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटो पत्रकारहरु छनौट भएका छन ।

सम्वादाता | २०७९ असोज ३ गते १२: ३५ मा प्रकाशित

वीरगन्ज - राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को उत्कृष्ट पाँच पर्न सफल भएकाहरुको नामावली सार्वजनिक गरेको छ ।
राष्ट्रिय फोटोपत्रकारिता अवार्डका लागी १४ विधाको २०२२ को लागि उत्कृट पाँच मनोनयनमा पर्न सफल सहभागी फोटोपत्रकारहरु नामावली सार्वजनिक गरेको हो ।


प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड २०२२ मा मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटो पत्रकारहरु छनौट भएका छन । जसमध्ये पर्साका चार जना छनौट भएका छन ।


पर्साबाट नयाँ पत्रिका दैनिकमा कार्यरत तिवारी यादव ,कान्तिपुर टेलिभिजनमा कार्यरत पंकज श्रेष्ठ छनौट भएका छन । यस्तै ग्यालेक्सी टेलिभिजनमा कार्यरत जियालाल प्रसाद साह र मध्य नेपाल कि कबिता खड्का छनौट भएको आयोजक राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपीजे नेपाल० का कार्यक्रम संयोजक प्रदिपराज वन्तले जानकारी दिए ।


उक्त मनोनयनमा पर्ने उत्कृष्ट ५ मध्यवाट प्रत्येक विधामा १ जनालाई उत्कृष्ट फोटोपत्रकारिता अवार्ड २०२२ वाट यही २०७९ साल असोज ६ गते सस्थाको २५औं वार्षिकोत्सव समारोह आयोजना गरी अवार्ड वितरण गरिने उनले बताए ।


उक्त कार्यक्रममा फोटोपत्रकारितालाइ जीवनभर पेशाको रुपमा अंङगालेर हाल निवृत्त जीवन व्यतिथगरि रहनु भएका अग्रज सस्थापक सदस्यहरुलगायत २५ जना वरिष्ठ फोटोपत्रकारहरुलाई विशेष सम्मान गर्न लागिएको कार्यक्रम संयोजक वन्तले बताए । साथै उक्त कार्यक्रममा अन्य विधिन्न विधाका पुरस्कारहरु पनि वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्