वीरगन्ज– पूर्व मन्त्री सुरेन्द्र चौधरीले पर्साको निर्वाचन क्षेत्र नम्बर २, ३ र ४ कांग्रेसले कुनै पनि हालतमा नछाड्ने दाबी गरेका छन् । केही सञ्चार माध्यमले पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसले ५ दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका लागि छाडेको भन्ने समाचार प्रकाशित गरि सर्वसाधारका बीच ‘भ्रम’ फैलाएको कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता चौधरीले बताएका छन् । ‘पर्साको चार वटै निर्वाचन क्षेत्रमा कांग्रेस बलियो छ,’ पूर्व मन्त्री चौधरीले भने, ‘तर, गठबन्धन दलबाटै निर्वाचन क्षेत्र नम्बर एक बाट मन्त्री रहेकाले जसपाका लागि एउटा क्षेत्र छाड्न सकिन्छ ।’
सिट बाँडफाटको विषय केन्द्रमा चलिरहँदा हालसम्म पर्सा जिल्लाको विषयमा गम्भीर छलफल समेत नचलेको पूर्व मन्त्री चौधरीले खुलाए । ‘पर्साको सम्बन्धमा प्रारम्भिक कुरा मात्र भएका छन्,’ उनले भने, ‘तर, केही सञ्चार माध्यमा पर्साको ३ नम्बर क्षेत्रमा कांग्रेसले जसपालाई छाडेको समाचार आइरहेका छन्, यो गलत हो ’। ५ वर्ष अगाडिको मत मरिणाम भन्दा पनि हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दलहरुले पाएको मतभारको आधारमा सिट बाँडफाट गर्नुपर्नेमा उनले जोड दिए । ‘जनताले दिएको अध्यावधिक म्यान्डेट हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘५ वर्ष अगाडिको मतभारले न्याय गर्दैन् ।’ जसपा उच्च स्तरीय स्रोतका अनुसार पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पर्साको निर्वाचन क्षेत्र नम्बर १ र २ आफूले राख्ने र निर्वाचन क्षेत्र नम्बर ३ र ४ कांग्रेसलाई दिने मनस्थितीमा रहेका छन् । ‘निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा जसपाको त्यो लेभलको नेता नै छैन्,’ जसपाका एक केन्द्रीय नेता भन्छन्, ‘३ बाटा जितेका हरिनारायण रौनियार भ्रष्टचार मुद्दामा निलम्बित छन्, यसैगरि गत निर्वाचनमा क्षेत्र नम्बर ४ बाट जितेका लक्ष्मणलाल कर्ण अहिले लोसपामा हुनुहुन्छ ।’
५ दलीय गठबन्धनमा अघिल्लो संसदीय निर्वाचनको जितका आधारमा गठबन्धनले सिट भागवन्डा गर्दा कांग्रेस पर्साका नेताहरुले सिट नपाउने सम्भावना छ । ५ दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलमा जसपाले पर्साको ४ मध्ये तीनवटा निर्वाचन क्षेत्रमा दाबी गरेको छ । जानकारका अनुसार मधेस प्रदेश नै पार्टीको मुख्य आधार क्षेत्र भएकाले जसपाले सर्वाजिक सिटको माग दाबी छाडेको छैन् । मधेस प्रदेशमा सिट बाँडफाँटमा कुरा नमिलेपछि जसपाले गठबन्धानबाट अलग्गिने चेतावनी दिएको छ । अध्यक्ष उपन्द्रे यादवले एक्लै चुनाव लड्ने गरी तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्