बाराको चार संघीय निर्वाचन क्षेत्रमा ८ जनाको माओवादीबाट सिफारिस

सिफारिस भएका ८ जना मध्ये गोपाल ठाकुर पोलिटब्युरो सदस्य हुन्

सम्वादाता | २०७९ भदौ २२ गते १२: १३ मा प्रकाशित

वीरगञ्ज – मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) बाराले ८ जनाको नाम सिफारिस गरेको छ ।
बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ मा गोपाल ठाकुर र श्याम किशोर यादव, क्षेत्र नं २ मा शिवचन्द्र प्रसाद कुश्वाह, निर्वाचन क्षेत्र नं ३ र ४ को लागि क्रमश : गीता कडेल, सोनालाल साह, क्षेत्रबहादुर श्रेष्ठ, जयराम दाहाल र रामराज चौधरीको नाम सिफारिस भएको हो ।

मंगलवार बसेको जिल्ला समन्वय समिति बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फका दावेदार उम्मेदवारहरूको नाम क्षेत्रीय कमिटीमा सिफारिस गरेको हो । सिफारिस भएका ८ जना मध्ये गोपाल ठाकुर पोलिटब्युरो सदस्य हुन् भने क्षेत्रबहादुर श्रेष्ठ, शिवचन्द्र कुश्वाह, गीता कडेल केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्