दिल्लीका नटवरलाललाई छक्क पार्ने पात्र बीरगन्जमा

सलिमले दिल्लीका महाठग धनीराम मित्तललाई पनि यसले बिर्सिने किसिमको किर्ते हस्ताक्षर गरेको मालपोतको लिखतबाट देखिन्छ ।

सम्वादाता | २०७९ भदौ २२ गते ०९: ११ मा प्रकाशित

वीरगन्ज – एक वर्ष पहिला ०७८ असार १८ गते पर्सा जिल्ला अदालतबाट एउटा चर्चित मुद्दाको टुंगो लाग्यो । सरकारी छाप किर्तेवाला जसमा अभियुक्त बनाइएका थिए नगरदाहा गाविस–२ हालको बहुदरमाई नगरपालिका–३ का अजित मियाँको छोरा ३५ वर्षीय सलिम मियाँ ।
सलिमले आफ्नो ससुरा विन्दबासिनी गाविस–७ हाल वीरगञ्ज महानगरपालिकाका स्माइल मियाँ तथा केही वकिलसँग मिली भारत बिहारको सारंन जिल्ला, गाउँ पिपरा थाना तरयामा स्थायी बसोबास गर्ने मर्लीप्रसादको नामका पर्सा बर्वागोगका जग्गाहरू ०६८ मंसिर १२ गते रजिस्ट्रेशन पास गराएका रहेछन् ।

यसैमा हो मुरली प्रसादले २०६७ वैशाख ७ गते मुद्दा–मामिला हेर्नका लागि स्माइल मियाँलाई अदालतबाट अधिकृत वारिसनामा पारित गरिदिएको सलिमहरूले सरकारी छाप किर्ते गरेको हुँदा जिल्ला न्यायाधीश धर्मराज पौडेलले किर्ते ठहर्याई एक वर्ष कैद तथा ५० रूपैयाँ जरिवानासमेत गरदिएको ०७८ असार १० को फैसलाबाट देखिन्छ ।

बेचबिखनका लागि अदालती बन्दोवस्तको (७१) (ख) उल्लेख गर्नुपर्ने ठाउँमा (७१) (क) लाई नै केरमेट गरी सरकारी छाप किर्ते गरेको पर्सा अदालतले एक वर्षअघि नै हो । अहिले आएर फेरि उक्त फैसला उल्टाउन उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा दौडधुप हुँदै गरेको सुन्नमा आएको छ । ख्यातिप्राप्त नटवरलालले भारतको किर्ते कागजात बनाई आगराको विश्वविख्यात ताज महल तीन पटकसम्म बिक्री गर्न भ्याएको थियो । आगराकै किल्लालाई पनि दुई पटक र राष्ट्रपति भवन एक पटक किर्ते कागज खडा गरी बिक्री गर्न सफल भयो ।

सलिम पनि नटवरलालभन्दा कम्ती नभएको उसको किर्ते जालसाजी हेर्नेहरू बताउँछन् । निजले मुरलीप्रसादको जग्गा हडपेपछि चारदेखि पाँच—पाच पटकसम्म अन्य व्यक्तिलाई बिक्री गरेको तथ्य लिखतबाट देखिन्छ । सलिमले दिल्लीका महाठग धनीराम मित्तललाई पनि यसले बिर्सिने किसिमको किर्ते हस्ताक्षर गरेको मालपोतको लिखतबाट देखिन्छ । मित्तलले नक्कली कागजातकै आधारमा हरियाणाको जिल्ला अदालतमा दुई महिनासम्म मुद्दा तन्काएका थिए ।

गाउँको विद्यालयबाट ७ कक्षासम्म मात्र अध्ययन गरेको ब्यक्तिले यत्रो काण्ड मच्चाउनु आफैँमा अचम्भित तुल्याउने खालको घटना ठहरिएको छ । २०७६ भदौ १० गते मुरलीप्रसादका भाइ उमानाथले अदालतमा अंशमुद्दा दर्ता गराउनेबित्तिकै अधिकृत वारिसनामा कसले चोर्यो ? घटना रहस्यकै गर्भमा छ । उक्त घटना सर्वोच्च अदालतसम्म उतिखेरै हल्ला मच्चाएको थियो । ०७६ असार ३० गते वीरगञ्ज महानगरपालिका–१९ का महन्थ जराको मुद्दा फैसला हुँदा उक्त अधिकृत वारिसनामा अभिलेखमै रहेको फैसलामा जनाइएको र ठीक डेढ महिनापछि कागज हराउनुमा सलिमबाहेक अरुको हैसियत तथा खुबी नभएको अदालतका कर्मचारी बताउने गर्छन् । 

 

प्रतिक्रिया दिनुहोस्