वीरगन्जको मेनरोड दायाँ/बायाँ निर्माण भएका घरहरुको नक्सा पेश गर्न महानगरको सूचना

वीरगन्जको १ नं. रोडको दायाँ बायाँ निर्माण भएका घरहरुको नक्सा पेश गर्न मंगलबार सूचना जारी गरेको छ ।

सम्वादाता | २०७९ भदौ २१ गते १८: ४२ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखा (नक्सा शाखा) ले वीरगन्जको १ नं. रोडको दायाँ बायाँ निर्माण भएका घरहरुको नक्सा पेश गर्न मंगलबार सूचना जारी गरेको छ । वीरगन्ज महानगरपालिका अन्तर्गत पर्ने १ नं. मेनरोडको उत्तर गण्डक चोकदेखि पावरहाउस, घण्टाघर, माईस्थान, महाविरस्थान, आदर्शनगर, अलखिया मठ मन्दिर, विर्ता मन्दिर, सिगरेट फैक्ट्र गेट, नारायणी अस्पताल, वीरगन्ज भन्सार कार्यालय हुँदै शंकराचारय गेटसम्म निर्माण भएका घरहरुको महानगरपालिकाबाट नक्सा स्वीकृत भए/नभएको सबुत प्रमाण लिई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सा शाखामा उपस्थित हुन सूचना जारी गरेको हो । उक्त अवधिमा कार्यालयमा सम्पर्क गर्न नआए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारवाही गरिने सबै धरधनीहरुलाई सूचना मार्फत जानकारी समेत गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्