कांग्रेसका युवा नेता सुधिर पटेल पर्सा क्षेत्र नं. १ (क) बाट सिफारिस

पटेल तरुण दल पर्साका पूर्व सचिव एवं नेपाल विधार्थी संघका पूर्व केन्द्रीय सदस्य हुन् ।

सम्वादाता | २०७९ भदौ २१ गते १६: ५० मा प्रकाशित

वीरगन्ज– नेपाली कांग्रेस पर्साका युवा नेता सुधिर पटेल अगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि सिफारिस भएका छन् । वीरगन्जका चर्चित युवा नेता पटेल पर्साको निर्वाचन क्षेत्र नं. १ (क) का लागि प्रत्यक्ष तर्फ सिफारिस भएका हुन् । यहाँको रोयल पार्टी प्यालेसमा क्षेत्र नं. १ का सभापति अरविन्द गुप्ताको अध्यक्षतामा बसेको कांग्रेसको क्षेत्रीय समितिको बैठकले युवा माझ लोकप्रिय रहेका पटेलको नाम सिफारिस गरेको हो । पटेल तरुण दल पर्साका पूर्व सचिव एवं नेपाल विधार्थी संघका पूर्व केन्द्रीय सदस्य हुन् ।

 

प्रतिक्रिया दिनुहोस्