पर्सा २ बाट प्रत्यक्ष तर्फ सांसदमा पूर्ब मेयर सरावगीकाे नाम सिफारिस

प्रत्यक्ष तर्फ सारावगीसंगै एमाले केन्द्रीय सदस्य प्रभु हजरा , निर्मला देवकाेटा र बसरुद्विन अन्सारिकाे नाम पनि सिफारिस

सम्वादाता | २०७९ भदौ २१ गते १२: २४ मा प्रकाशित

वीरगन्ज - नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ सांसदमा वीरगन्ज महानगरका पूर्ब मेयर विजय कुमार सरावगीकाे नाम सिफारिस भएकाे छ ।
साेमबार बसेकाे एमाले क्षेत्रीय समन्वय कमिटीकाे बैठकले संघीय सांसदमा प्रत्यक्ष तर्फ सरावगीकाे नाम सिफारिस गरेको हाे ।

पर्साकाे निर्वाचन क्षेत्र नम्बर २ बाटै संघीय सांसदमा प्रत्यक्ष तर्फ सारावगीसंगै एमाले केन्द्रीय सदस्य प्रभु हजरा , निर्मला देवकाेटा र बसरुद्विन अन्सारिकाे नाम पनि सिफारिस भएकाे एमाले वीरगन्ज महानगर कमिटी उपाध्यक्ष महेश दासले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्