वीरगन्ज -पर्सा क्षेत्र नम्बर ४ बाट समानुपातिक सासंद उम्मेवारमा पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको नाम सिफारिस भएको छ ।
नेकपा एमालेको पर्सा निर्वाचन क्षेत्र ४ समन्वय कमिटीको बैठकले तिवारीलाई समानुपातिक सांसदको उम्मेद्वार बनाउने निर्णय गरेको हो । तिवारी संगै जिल्ला समन्वय समिती पर्साको पूर्व सहसंयोजक ठाकुर न्यौपाने ,मजिद मियां,राजेश लामा ,उषा देवी थरूनीको नाम सिफारिश भएको हो ।
पर्सामा नेकपा एमालेले समानुपातिक उम्मेदवारहरू सिफारिसमा पत्रकारहरूलाई प्राथमिकतामा दिएको छ । यस अघि एमाले निर्वाचन क्षेत्र १ , २, र ३ बाट पत्रकार महेश दास ,श्याम बन्जारा,केसी लामिछाने,लालबाबु शेख,संजीव मिश्रालाई सिफारिस गरेको हो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्