महिला नेतृ सिमा गुप्ता एमालेमा प्रवेश

गुप्ता पछिल्ला डेढ दशक माओवादी संग आबद्ध रहि राजनिती गर्दै आउनु भएको थियो ।

सम्वादाता | २०७९ भदौ १९ गते २०: ५६ मा प्रकाशित

वीरगन्ज– पर्साको कालिकामाई गाउपालिका वडा नम्बर ४ निवासी सकृय महिला नेत्री सिमा गुप्ता एमालेमा प्रवेश गरेकी छिन । गुप्ता पछिल्ला डेढ दशक माओवादी संग आबद्ध रहि राजनिती गर्दै आउनु भएको थियो । आईतवार जिराभवानीको भवानीपुरमा सम्पन एमालेको कार्यक्रममा गुप्ताले आफ्नो समर्थक सहित एमालेमा सम्लित हुनु भयो ।
एमाले पर्साका अध्यक्ष जयप्रकाश थारू, नेता जालिम मियां, पवन तिवारी, उषादेवी थरूनी लगायतकाले गुप्ता टिका माला लगाएर स्वागत गर्नु भयो । गुप्ताका वुवा बासदेव प्रसाद कलवार प्रशुरामको प्रधानपन्च र बहुदल आए पश्चात पनि गाविस अध्यक्ष भएको र उनको स्वर्गवास पछि सिमा राजनितीमा सकृय रहदै आएकी हुन ।

 

प्रतिक्रिया दिनुहोस्