एमाले पर्सा क्षेत्र नं. ३ (ख) मा नेताहरुबीचको द्धन्द्ध बाहिरियो

बेग्ला बेग्लै भेला गरि उम्मेदवार सिफारिस

सम्वादाता | २०७९ भदौ १७ गते २१: ३७ मा प्रकाशित

वीरगन्ज– आसन्न मंसिर ४ को निर्वाचनका लागि नेकपा एमाले पर्साको निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा नेताहरुबीच मनमटुवा रहेको छताछुल्ल भएको छ । चुनावको मुखमा नेताहरुबीच देखिएको द्धन्द्धले परिणाम राम्रो नआउनेमा कार्यकर्ता चिन्तित बनेका छन् । एक समूहले प्रहलाद गिरीलाई प्रत्यक्ष तर्फ सिफारिस गरेको छ भने अर्को समूहले विधान्चल ठाकुर र किरण देवीलाई प्रत्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो ।  झौवागुठीको नेपाल राष्टिय माध्यमिक विद्यालयमा बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सांसद प्रहलाद गिरीको नाम सिफारिस गरेको हो ।

यसैगरि परसौनीमा अर्को पक्षको भेलाले प्रत्यक्ष तर्फ विधान्चल ठाकुर र किरण वेदीलाई उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं. ३ (ख) का अध्यक्ष सगिर मियाको अध्यक्षतामा र संविधान सभा सदस्य राजकुमार गुप्ताको प्रमुख आथित्यमा भएको भेलाले ठाकुर र गुप्ताको नाम सिफारिस गरेको हो ।  ०७४ को प्रदेश सभा निर्वाचनमा उक्त क्षेत्रबाट तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट प्रहलाद गिरी विजयी भएका थिए । कांग्रेसका उम्मेदवार हाल पार्टी जिल्ला सभापति रहेका जर्नाधन सिंह क्षेत्री झिनो मतले पराजित भएका थिए । जसपा परित्याग गरि गिरी केही दिन अगाडि मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीको हातले टिका लगाई एमाले प्रवेश गरेका थिए ।

पार्टी स्रोतका अनुसार एमालेमा टिकट पाउने आश्वासन अध्यक्ष ओलीले गिरीलाईनै दिएका छन् । यस्तो अवस्थामा जिल्ला इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले गिरी पक्षलाई साथ लिई चुनावी अभियानमा होमिनु पर्ने थियो । बेग्ला बेग्लै भेला गरि कार्यकर्ताबीच मनमुटावको अवस्था सृजना भएको देखिन्छ । अगामी चुनावमा सत्तारुढ गठबन्धनको उम्मेदवारसंग प्रतिस्पर्धा गर्नु पर्ने अवस्थाको बीच आफै आफैमा द्धन्द्ध सृजना गरि झन पार्टीलाई कमजोर पर्ने काम भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्