फोटो पत्रकार महासंघ बाराको अध्यक्षमा भण्डारी

शुक्रबार निजगढमा सम्मन अधिवेशनले सर्वसम्मत रुपले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सम्वादाता | २०७९ भदौ १७ गते १६: ३८ मा प्रकाशित

वीरगन्ज– नेपाल फोटो पत्रकार महासंघ बाराको दोस्रो जिल्ला अधिवेशनबाट दिवाकर भण्डारी अध्यक्षमा चयन भएका छन् । शुक्रबार निजगढमा सम्मन अधिवेशनले सर्वसम्मत रुपले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा श्याम गुप्ता, सचिव ईन्दिप कोईराला, कोषाध्यक्ष प्रलाद तिमिल्सिना रहेका छन् । प्रदीप गौतम, राधेश्याम पटेल, एसएस पटेल सदस्यमा चयन भएका छन् ।

अधिवेशनले गोकुल घोरसाइने, लक्ष्मी साह, रेशम तिवारी, प्रकाश लम्साल, सिकेन्द्र पासवान, फैजुल्लाह आलमलाई सल्लाहकार समितिमा चयन गर्ने निर्णय समेत गरेको छ । नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य जीतलाल श्रेष्ठको अध्यक्षता र बाराका अग्रज पत्रकार गोकुल घोरसाईनेको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको बन्द सत्रले वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै महासंघको भवन निर्माणका लागि निजगढ नगरपालिकासँग जग्गा प्राप्तीका लािग यसअघि गरिएको निवेदनमा गम्भीर हुन आग्रहन गर्ने निर्णय गरेको छ । महासंघले लामो समयदेखि निजगढमा जमिन प्राप्तीका लागि माग राख्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्