संविधान सभा सदस्य यादव प्रदेश सभाको निर्वाचनमा लड्ने

दोस्रो संविधान सभा निर्वाचनमा यादव पर्सा क्षेत्र नं. १ मा बिजयी भएका थिए । 

सम्वादाता | २०७९ भदौ १७ गते १४: ४६ मा प्रकाशित

वीरगन्ज– संविधान सभा सदस्य विचारी यादव प्रदेश सभा निर्वाचनमा लड्ने भएका छन् । नेकपा एमाले पर्सा क्षेत्र नम्बर १ (क) को कमिटिले संविधान सभा सदस्य यादवको नाम प्रदेश सभाको लागि शुक्रबार सिफारिस गरेको हो । दोस्रो संविधान सभा निर्वाचनमा यादव पर्सा क्षेत्र नं. १ मा बिजयी भएका थिए । 

०७४ मा भएको संसदीय निर्वाचनमा यादव तत्कालिन संघीय समाजवादी फोरमका प्रदीप यादवसँग पराजित भएका थिए । एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) को शुक्रबार सम्पन्न बैठकले प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ यादव सहित सात जना र समानुपातिक तर्फ ११ जनाको नाम माथिल्लो कमिटिमा सिफारिस गरेको छ । 

प्रतिक्रिया दिनुहोस्