कांग्रेसबाट एमाले प्रवेश गरेका गिरी पर्सा क्षेत्र नं. ३ (क) बाट चुनाव लड्ने पक्का

गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा गिरी कांग्रेसबाट सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षको टिकट नपाएपछि रुष्ट बनेका थिए ।

सम्वादाता | २०७९ भदौ १७ गते १४: ३० मा प्रकाशित

वीरगन्ज– केही दिन अगाडि मात्र कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका निल राज गिरी अगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनमा प्रत्यक्षमा चुनाव लड्ने पक्का भएको छ । नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ को प्रादेशिक समन्वय कमिटि (क) को शुक्रबार बसेको बैठकले प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ गिरीको एकल नाम सिफारिस गरेको हो ।

प्रादेशिक अध्यक्ष हरिबाबु चौधरीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा संविधान सभा सदस्य राजकुमार गुप्ता, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, शिव पटेल, फरमान मियाँ लगायत नेताहरुको उपस्थिती रहेको थियो । गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा गिरी कांग्रेसबाट सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षको टिकट नपाएपछि रुष्ट बनेका थिए । ०७४ को संसदीय निर्वाचनको पूर्व सन्ध्यामा गिरी एकाएक कांग्रेस प्रवेश गरेका थिए । त्यसअघि उनी एमालेमा थिए ।

 

प्रतिक्रिया दिनुहोस्