एमाले पर्सा क्षेत्र नम्बर ३ बाट राजकुमार गुप्ताको एकल सिफारिस

विगत ५ वर्षदेखि दैनिक रुपले जनताको माझमा रहेर संगठन निर्माणमा खटेका राजकुमार गुप्ताले ५ दलीय गठबन्धनका उम्मेदवारलाई कडा प्रतिस्पर्धा दिने आंकलन गरिएको छ ।

सम्वादाता | २०७९ भदौ १६ गते १४: ३९ मा प्रकाशित

वीरगन्ज– नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ को कमिटिले अगामी मंसिर ४ मा हुने प्रतिनिधी सभा निर्वाचनका लागि संविधान सभा सदस्य एवम् जिल्ला इन्चार्ज राजकुमार गुप्ताको एकल सिफारिस गरेको छ । बिहीबार पोखरियामा बसेको तीन नम्बर क्षेत्रको क्षेत्रीय बैठकले सर्वसम्मतिले एकल सिफारिस गरेको हो । अघिल्लो निर्वाचनमा क्षेत्र नं. ३ बाट तत्कालिन संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका थिए ।
बांकेको जब्दी पुल निर्माणमा भ्रष्टचार भएपछि पप्पु कन्स्ट्रक्शनका तत्कालिन प्रोपराइटर रौनियार हाल निलम्बनमा परेका छन् । कांग्रेसका पूर्व जिल्ला सभापति एवं संविधान सभा सदस्य सुरेन्द्र चौधरीको क्षेत्र पनि यही हो । ५ दलीय गठबन्धनमा क्षेत्र नं. ३ जसपाको भागमा पर्ने हो कि कांग्रेसको भागमा अहिले तय भइसकेको छैन् । विगत ५ वर्षदेखि दैनिक रुपले जनताको माझमा रहेर संगठन निर्माणमा खटेका राजकुमार गुप्ताले ५ दलीय गठबन्धनका उम्मेदवारलाई कडा प्रतिस्पर्धा दिने आंकलन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्