जनप्रतिनिधिलाई कोट र सारी, कांग्रेस पत्रकारलाई १० लाख

साउन ६ र ७ सम्पन्न प्रेस युनियनको नवौं महाधिवेशनको खर्चबापत १० लाख रुपैयाँ तिरिदिने निर्णय गरेको हो।

सम्वादाता | २०७९ भदौ १६ गते १३: ११ मा प्रकाशित

हेटौडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले फेरि विवादित निर्णय गरेको छ । नगर कार्यपालिकाले जनप्रतिनिधिहरुलाई सारी र कोट दिने तथा नेपाली कांग्रेस पत्रकारलाईको संगठन प्रेस युनियनलाई १० लाख रुपियाँ दिने निर्णय गरेको छ । कार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए।
उनका अनुसार हेटौंडामा गत साउन ६ र ७ सम्पन्न प्रेस युनियनको नवौं महाधिवेशनको खर्चबापत १० लाख रुपैयाँ तिरिदिने निर्णय गरेको हो । बुधबार बसेको कार्यपालिका बैठकले हेटौंडा उपमहानगरपालिकामा राष्ट्रियस्तरको कुनै कार्यक्रम भए उपमहानगरले सहयोग गर्ने सैद्धान्तिक निर्णयअनुसार उपमहानगरले महाधिवेशनमा भएको खर्च भुक्तानी गर्न १० लाख रुपैयाँ दिने निर्णय भएको न्यौपानेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्