वीरगन्ज महानगरको बैठकमा जसपा र कांग्रेसबीच बोत्तल हानाहान

मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम उपस्थित रहेको बैठकमा ऐजन्डाहरुको विषयमा छलफल गर्दा गर्दै दुई पक्षबीच टेबल माथि राखिएको बोत्तल हानाहान भएको हो । 

सम्वादाता | २०७९ भदौ १६ गते ११: ५१ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकमा दुई पक्षबीच विवाद हुदाँ बोत्तल हानाहान भएको सामाचार प्राप्त भएको छ । जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेसका कार्यपालिका सदस्यहरु बीच मिनिरल वाटरको बोत्तल हानाहान भएको हो । जसपा र कांग्रेस वीरगन्ज महानगरको चुनवामा गठबन्धन गरि मेयर र उपमेयरमा चुनाव लडेका थिए । मेयर र उपमेयर यी दलकै विजयी भएका छन् । बैठकमा सहभागी एक कार्यपालिका सदस्यका अनुसार मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम उपस्थित रहेको बैठकमा ऐजन्डाहरुको विषयमा छलफल गर्दा गर्दै दुई पक्षबीच टेबल माथि राखिएको बोत्तल हानाहान भएको हो । 

ती कार्यपालिका सदस्यका अनुसार सार्वजनिक खरिद ऐन संशोधन विषयमा ऐजन्डा प्रवेश गर्दा जसपाका वैजु स्वर्णकार र कांग्रेसका कन्हैया ठाकुरबीच छलफल चलेको थियो । ‘छलफल गर्दागर्दै एकछिनमै विवाद सुरु भयो,’ ती कार्यपालिका सदस्य भन्छन्, ‘केही बेरमै दुई समूहबीच बोत्तल हानाहान हुन थाल्यो ।’ बोत्तल हानाहान भएपछि उपमेयर इम्तियाज आलमले बैठक स्थगनको माग राख्दै कांग्रेसका सम्पूर्ण सदस्य बाहिरिएका थिए । कांग्रेस बाहिरिएपनि एमेलाका सदस्यहरु बैठकमै उपस्थित रहेकाले कोरम पुगेको छ ।

बैठक चालु नै रहेको बताइएको छ । महानगरपालिकाका अनुसार वीरगन्ज विकास प्राधकिरण, विपि पार्कको मुद्दा, कबाडी कर संशोधन, सार्वजनिक खरिद ऐन संशोधन लगायत ११ वटा एजेन्डामा छलफल गर्न बुधबार कार्यपालिका बैठक डाकिएको थियो । एक वडाध्यक्षले जनाए अनुसार हालसम्म ६ वटा ऐजन्डा पास भइसकेको छ । चौथो एजेन्डामा छलफल हुँदा जसपा र कांग्रेसबीच विवाद भएको थियो । 

प्रतिक्रिया दिनुहोस्