कांग्रेसको विधान विपरीत पर्सा २ मा प्रतिनिधी सभाका लागि उम्मेदवार सिफारिस

पार्टीको विधान विपरित प्रदेश कमिटिले प्रत्यक्ष तर्फ महाधिवेशन प्रतिनिधी मै पराजित भएका अमात्यलाई प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको हो ।

सम्वादाता | २०७९ भदौ १६ गते ०९: ४२ मा प्रकाशित

वीरगन्ज– बुधबार पर्साको क्षेत्र नम्बर २ (क) र (ख) को प्रदेश सभाको बैठकले प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारमा पार्टीका पूर्व जिल्ला सभापति राजेन्द्र अमात्यको नाम सर्वसम्मतले माथिल्लो कमिटिमा सिफारिस गरेको छ । क्षेत्राधिकार बाहिर गई प्रदेश सभा समितिले प्रतिनिधी सभाको उम्मेदवार सिफरिस गरेपछि कांग्रेस भित्रको गुटबन्दी पुन: छताछुल्ल भएको छ ।
नेपाली कांग्रेसको विधानमा प्रतिनिधी सभा निर्वाचनका लागि उम्मेदवार सिफरिस गर्ने जिम्मा क्षेत्रीय कमिटिलाई दिइएको छ । ‘क्षेत्रीय समितिले महाधिवेशन प्रतिनिधीको उपस्थितीमा प्रतिनिधी सभा निर्वाचनको प्रत्यक्ष तर्फ एक महिला सहित कम्तिमा ३ जनाको नाम माथिल्लो कमिटिलाई सिफारिस गर्ने हो,’ कांग्रेसका वरिष्ठ नेता भन्छन्, ‘प्रदेश समितिले प्रदेश सभाको उम्मेदवार मात्र सिफारिस गर्ने हो, विधान नै अध्ययन नगरि मनोमानी ढंगले सिफारिस गरिएको छ ।’
पार्टीको क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठक शुक्रबार बोलाइएको छ । पार्टीको विधान विपरित प्रदेश कमिटिले प्रत्यक्ष तर्फ महाधिवेशन प्रतिनिधी मै पराजित भएका अमात्यलाई प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको हो । पर्सागढी नगरपालिका वडा नं. १ कोइलाभारमा प्रदेश सभा (क) को बैठकले क्षेत्र नं. २ (क) मा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तफर्प प्रदेश सांसद राजेश्वर साह तेलीको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ विजय कर्ण, कामेश्वर मिश्रा, बीर बहादुर यादव, भरत प्रसाद तेली, रिमा यादव, मीरा देवी, अर्चना चौधरी र गोकर्ण मैनालीको नाम माथिल्लो कमिटिमा सिफारिस गरेको हो ।
क्षेत्र नं. २ (ख) को बैठक वीरगन्ज महानगरपालिका ६ माइस्थान अतिथी सदनमा बसेको थियो । जसले प्रतिनिधी सभा सदस्यमा समानुपातिक तर्फ डा. सुषमा तिवारी, कन्हैयालाल केशरी, शम्भु चौहान र रुपा देवी गुप्ताको नाम सिफारिस गरेको छ । उक्त बैठकले प्रदेशसभा सदस्यमा प्रत्यक्ष तर्फ ओम प्रकाश शर्मा, श्याम पटेल, भोला प्रसाद कलवार, रामरुप कुर्मी, दिना गुप्ता, नरेन्द्र साह र राजनाथ ठाकुरको नाम सिफारिस गरेको छ । यसैगरि प्रदेश सभा समानुपातिक तर्फ मणिन्द्रलाल श्रेष्ठ, सन्जय चर्तुवेदी, विवेक शर्मा, गोपाल कुर्मी, महम्मद सतार मन्सुरी, विजय उपाध्याय, ध्रुव नेपाल, बैकुण्ठ श्रीवास्तव, दिलिप शर्मा बराल, दिपेन्द्र कुर्मी, प्रदीप कुशवाहा, विद्या श्रेष्ठ, रुपा श्रेष्ठ, प्रियन्का केशरी, शिवनारायण साह र सुखा हजार पासवानको नाम सिफारिस गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्