वीरगञ्ज -ट्रकबाट कपडा लुट्ने मुख्य योजनाकारलाई प्रहरीले सोमबार काठमाडौंको असनबाट पक्राउ गरेको छ । ५ महिना अगाडि वीरगञ्जबाट कपडा बोकी काठमाडौं जादै गरेको ट्रकलाई लुट्ने मुख्य योजनाकार प्रदिप भट्टलाई प्रहरीले असनबाट पक्राउ गरेको हो ।
वीरगञ्जबाट जादै गरेका ट्रकमा लोड गरिएका खुद्रा सामान र लत्ताकपडा पाँच महिना अघि पूर्व–पश्चिम राजमार्गको नयाँ बस्ती भन्ने ठाउँमा लुटिएको थियो ।
ट्रक नियन्त्रणमा लिएर लत्ताकपडा चोरी गर्ने गिरोहका केहि व्यक्तिलाइ चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । चितवन प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको बयानको अधारमा मुख्य योजनकार भट्ट रहेको खुलेको जनाएको छ ।
भट्टलाई केहि महिनादेखी पक्राउ गर्ने योजना अनुसार प्रहरीले सोमबार काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।सोमबार पक्राउ परेका भट्टलाई अपराध महाशाखा काठामाडौंले आज चितवन प्रहरीको जिम्मा लगाएको छ ।
वीरगञ्जबाट काठमाडौंको लागि कपडा बोकेको ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नम्बरका ट्रक पूर्व–पश्चिम राजमार्गको नयाँ बस्ती भन्ने ठाउँमा लुटिएका थियो ।
ट्रकबाट लुटिएको कपडा वीरगञ्जका मदन रुनचेको रहेको बताइन्छ । वीरगञ्जबाट कपडा बोकी काठमाडौं जादै गरेको ट्रकलाई चितवनमा ट्रक नियन्त्रणमा लिएर भट्टको गिरोहले वीरगञ्जका रुनचेलाइ ५० लाख रुपैयाको मागं गरेको थियो । रुनचेले पैसा नदिएपछि ट्रकबाट कपडा लुट्नेको थियो ।
खुकुरी प्रहार प्रकारणको समेत मुख्य योजनाकार भट्ट
ट्रकबाट कपडा लुट्ने मुख्य योजनाकारमा पक्राउ परेका प्रदिप भट्ट चितवनकै तिनजान माथि भएको खुकुरी प्रहार काण्डको समेत मुख्य योजनाकार भट्ट रहेका खेलेको छ ।
तिन महिना अगाडि चितवनको कुमार थापा भन्ने मान्छेलाइ खुकुरी प्रहार गरी घम्भिर घाइते बनाइएको थियो । चितवनक र्याक्स भन्ने मान्छेले थापामाथि खुकुरी प्रहार गरेका थिए ।
प्रहरी नियन्त्रणमा रहेका र्याक्सले आफुलाइ भट्टले पैसा दिएर थापामाथि खुकुरी प्रहार गर्न लगाएकोे प्रहरीलाइे व्यान दिएका छन् । यसैगरी युथ फोर्स इन्र्चाज कमल पाठक र विकास श्रेष्ठलाई खुकुरी प्रहार काण्डको मुख्य योजनाकार पनि भट्टनै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
श्रेष्ठमाथि भएको खुकुरी प्रहार मुदामा अदालतबाट सजाए पाएका भट्ट फरार रहेकोे थिए।
करिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन्। कालोपत्र सम्पन्नपछि यो क्षेत्रमा सवारीको चाप निकै हुने देखिन्छ भने भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर भएको उनको भनाइ छ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्