जसपा र कांग्रेसको ठूलो समूह एमालेमा 

मंगलबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्याक्रममा नवप्रवेशीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गरेका थिए । 

सम्वादाता | २०७९ भदौ ७ गते १७: २७ मा प्रकाशित

वीरगन्ज– अगामी प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको पूर्व सन्ध्यामा जनता समाजवादी पार्टी(जसपा) पर्सालाई ठूलो झट्का लागेको छ । दुई जना पूर्व गाउँपालिका अध्यक्ष सहित एक दर्जन प्रभावशाली नेताहरु जसपाबाट एमालेमा प्रवेश गरेका छन् । कांग्रेसबाट पनि प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्याक्रममा नवप्रवेशीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गरेका थिए । 

पार्टी प्रवेश गर्नेमा बिन्दवासिनी गाउँपालिकाका पूर्व अध्यक्ष श्रीलाल साह (मोदी), पकाहामैनपुर गाउँपालिकाका पूर्व अध्यक्ष विजय चौरसिया, बिन्दवासिनी गाउँपालिकाका पूर्व उपाध्यक्ष किरण देवी, कांग्रेसका प्रभावशाली नेता निरराज गिरी, कालिकामाईका जसपा नेता वकिल मियाँ, छोटेलाल चौरसिया, बब्लु गुप्ता लगायत सयौँजना रहेका छन् । मंलगबारको पार्टी प्रवेशले पर्साको निर्वाचन क्षेत्र नम्बर २, ३ र ४ मा एमालेको उपस्थिती झन बलियो भएको नेताहरुले बताएका छन् । पार्टी प्रवेश कार्याक्रममा पर्सा अध्यष जयप्रकाश चोधरी, संविधान सभा सदस्य तथा जिल्ला इन्चार्ज राजकुमार गुप्ता, प्रभु साह लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्