वीरगञ्ज -देशभक्त राजभक्त संस्थाको आयोजनामा आज वीरगञ्जमा श्री ५ मुमा वडामहारानी रत्नराज्य लक्ष्मी देवी साहको जन्मोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपेन्द्र रौनियारको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा मुमा वडामहारानीको तस्विरमा पुष्पगुच्छा सहित माल्यार्पण गरी जन्मोत्सव धुमधामका साथ मनाइएको थियो । कार्यक्रममा पशुपति बिक्रम शाह, हिराबहादुर चन्द, उषा शाह,अब्दुल सतार अंसारी, रामनाराण शाह,महेन्द्र प्रसाद साह, शुशिला लामा लगायतको उपस्थिती थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्