वीरगञ्ज -राष्ट्रिय युवा संघ नेपाल पर्साले आज विभिन्न पालिकाकामा वडा कमिटी गठन गरेको छ । केन्द्रिय कमिटीको सर्कुलर अनुसार बिभिन्न पालिकामा कमिटी गठन गरिएको संघका पर्सा ईन्र्चाज रवि गुप्ताले जानकारी दिए । संघले बहुदरमाई नगरपालिका वडा नम्बर ६ मा ओजिर देवानको अध्यक्षतामा २१ सदसिय कमिटी गठन गरेको छ । एमाले नेता शिव पटेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले समिती गठन गरेको हो । त्यसैगरी संघले बिन्दवासनी गाँउपालिका वडा नम्बर १ मा मोहन साह तेलीको अध्यक्षतामा १७ सदसिय कमिटी गठन गरेको छ । पालिका प्रमुख गम्भिरा साहको प्रमुख आतिथ्यमा कमिटी गठन गरिएको थियो । त्यसैगरी पकाहामैनपुर गाँउपालिका वडा नम्बर १ मा धर्मेन्द्र यादवका अध्यक्षतामा २१ सदसिय कमिटी गठन गरिएको छ । गाँउपालिका ईन्र्चाज बिकाश पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले २१ सदसिय कमिटी गठन गरेको पर्सा संयोजक गुप्ताले जानकारी दिए । बैठकमा संघका पर्सा अध्यक्ष महमद निजाम ,नेताहरु सागिर मियाँ , मनिष यादव , दिनेश साह लगायत कार्यकर्ताहरुको सहभागिता थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्