वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का युवा वडाध्यक्ष आशुतोष चतुर्वेदी महानगरपालिकाका महत्वपूर्ण दुईवटा समितिमा मनोनित भएका छन् । वीरगन्ज महानगरपालिका नगर कायपालिकाको जेठ २३ को निर्णय अनुसार वडाध्यक्ष चतुर्वेदीलाई सामाजिक शाखाको अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक तोकिएको हो ।
यसैगरि वडाध्यक्ष चतुर्वेदीलाई महानगर शिक्षा समितिको सदस्य पदमा समेत मनोनयन गरिएको छ । महानगर प्रमुख राजेशमान सिंहले गत साउन २३ मा वडाध्यक्ष चतुर्वेदीलाई शिक्षा समितिमा मनोनित गरेका थिए । तोकिएको जिम्मेवारी वडाध्यक्ष चतुर्वेदीले सफलतापूर्वक निर्वाह गर्ने नगरकार्य पालिका कार्यालयले विश्वास लिएको छ । साथै सक्रिय तथा रचनात्मक सहभागिताको अपेक्षा समेत गरेको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्