काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । माओवादी केन्द्रले मंगलबार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो । बैठक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्दैछ ।
सोमबार स्थायी कमिटी बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा कसरी जाने ? जाने, सिट बाँडफाँडवारे के गर्ने ? निर्वाचन तयारीका लागि चुनावी घोषणा पत्र तथा बिभिन्न समितिहरु गठन गर्ने तयारी छ ।
त्यस्तै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य र मोर्चाबन्दीबारे छलफल हुने बताइएको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्