वीरगन्ज– वीरगन्ज महानगरपालिकामा धरानबाट सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सोमबार स्वागत गरिएको छ । धरान उपमहानगरपालिकामा कार्यरत रहि सेवा दिइरहेका लक्ष्मी पौडेल वीरगन्ज महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत भएका आएका हुन् । मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले फुलमाला तथा दोसल्ला ओढाई पौडेलको स्वागत गरेका थिए ।
यस अघिका प्रमुख प्रशासकीय अधिृकत बलराम ढकाल एक महिनामै आफ्नो सरुवा गराई गएका थिए । जेष्ठ दोस्रो साता वीरगन्ज महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीले पदभार ग्रहण गर्दा निश्चल पाण्डे महानगरको प्रमुख प्रशासकीय अधिकृत थिए । नवनिर्वाचित पदाधिकारी महानगर आएको केही दिनमै पाण्डे सरुवा मागेर वीरगन्जबाट गएका थिए । उनी गएपछि ढकाल आएका थिए । आर्थिक वर्षको अन्त्यमा ढकालपनि वीरगन्जबाट सरुवा मागेर अन्यत्र गएपछि पौडेल आएका हुन् । दुई महिना नबित्दै महानगरपालिकामा साउन ९ मा तेस्रो प्रमुख प्रशासकीय अधिकृतको रुपमा पौडेल आएका हुन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्