कालिकामाईमा सर्वदलीय बैठक सम्पन अध्यक्षको एक्लौटी विरूद्ध संघर्षगर्ने निर्णय

बजेट बाडफाटमा गरेको एक्लौटी रोक्न तालाबन्दी गरि संघर्ष गर्ने निर्णय

सम्वादाता | २०७९ असार २७ गते २१: ३७ मा प्रकाशित

वीरगञ्ज - कालिकामाई गाँउपालिका अध्यक्ष बशिष्ठ कुमारले ९ करोड बजेट एक्लै हडपन खोजेको कारण पालिकामा बिरोध प्रदर्शन गर्ने सर्वदलिय निर्णय भएको छ ।
सोमबार कालिकामाई गाउपालिकाको वडा नम्बर २ भेडिहारी स्थित धर्मशालामा सम्पन सर्वदलीय बैठकले पालिका अध्यक्ष बशिष्ठ कुमारले बजेट बाडफाटमा गरेको एक्लौटी रोक्न तालाबन्दी गरि संघर्ष गर्ने निर्णय गरेको हो । पछिल्ला केही दिन अगाडी विभिन्न मांग राखी पालिकालाई धन्याकर्षण गराईएको विषयमा पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत संग जवाफ मांगने र मंगलवार पालिका अध्यक्षले मनोमानी रोकि समानुपातिक बजेट बिनयोजन नगरेमा विहिवार तालाबन्दी गरि बिरोध प्रदर्शन गर्ने निर्णय भएको हो ।
पालिका अध्यक्षले शिक्षा ,रोजगार,स्वास्थ्य ,पूर्वाधारको बजेट कटौटी गरि खरिदमा मात्रै चालू बजेट ९ करोड भन्दाबढी राखेकोले प्रस्तावित बजेटलाई समानुपातिक रूपमा बिनयोजन गर्ने सर्वदलिय बैठकले मांग गरेको छ । कालिकामाईका विधालयहरूमा शिक्षक ,आवश्यक कक्षा कोठा,बेन्च डेस्कको अभावलाई वास्ता नगरि १ करोडको सिसिटिभी लगाउने,पालिकामा लोडर ,डोजर,जनरेटर,एसी, लगायतका सामग्री खरिदमा मात्र बजेट खर्च नगर्न सर्वदलिय बैठकले निर्णय गरेको छ ।
सर्वदलिय बैठकमा नेपाली कांग्रेसका नेता एव्ं गएको निर्वाचनमा अध्यक्ष प्रत्याशी अजय पटेल, नेकपा एमालेका तर्फबाट प्रत्यासी राजेश चौरसिया,सुशासन पार्टीका अध्यक्ष एवं गएको निर्वाचनमा अध्यक्ष प्रत्याशी दिपु तिवारी,वडा नम्बर २ अध्यक्ष सोनालाल चौरसिया,वडा नम्बर ४ का अध्यक्ष संजय साह,नेकपा एमाले,नेपाली काग्रेस,नेपाल सुशासन पार्टीका पालिका कमिटी र वडा कमिटी अध्यक्ष तथा स्थानिय नेता कार्यकताको सहभागिता रहेको थियो ।
२१ वर्षको उमेर मै परिवारिक बाध्यताका कारण अध्यापन छोडेर पालिका अध्यक्ष भएका बशिष्ठ गाजाँ ,चरेश र जाली नोटको तस्करीमा जेल सजाए बिताएका काका दिनेश कलवारको आदेशमा चलेको कारण बिवादित बनेका छन । उनको बुवा सुरेश कलवार पनि खोटा चलनका दोषी हुन । अबैध कारोबार बाट संकलित सम्पतीको प्रयोगगरि परिवारमा अन्य कोहि लड्न नपाउने भएपछि उनिहरू बशिष्ठलाई प्रत्याशी बनाए । अहिले बजेट तथा योजना बाटफाटमा पालिका अध्यक्ष वशिष्ठले काकाको डिजाईनमा बडाको बजेट कटौती गरि खरिदमा मात्र ९ करोड बजेट प्रस्ताव गरेका छन । खरिदमा मोटो कमिशन सजिलो पाउने भएकोले चुनावमा भएको खर्च संकलनमा उनको काका जुटेका छन ।
गाउपालिकामा पहिला देखि नै ५ वटा एसी जडान भएपनि अगामी वर्षमा पालिका कार्यालयमा १० लाखको एसी लगाउन बजेट छुट्याएका छन् ।त्यसैगरि जेसिबी,लोडर,१ करोडको सिसिटिभी ,10 लाखको जनरेटर, लगायतका बिलासिताका वस्तु खरिद गर्न पालिका अध्यक्षले बजेट प्रस्तावित गरेका छन । यसैगरि १० देखि १५ लाख ईधनमा खर्च हुने गरेको कालिकामाईमा अहिलेको बजेटमा ५० लाख बिनयोजन गर्ने र अढाई करोड खर्च गरि ३५ जना पालिका प्रहरी न्युक्त गरि रकम उगाही गर्ने योजना पालिका अध्यक्षको रहेको छ ।
पालिकाको वडा नम्बर ४ र वडा नम्बर २ बाट ३० लाखको परिधीमा रहि बजेट छनौट गर्ने पत्र वडामा गएपछि वडाहरूले योजना पालिकामा पठाएका छैन्न । यो भन्दा अगाडीका वर्षहरूमा वडाहरूमा १ करोडको बजेट जाने गर्दथियो । अहिले वडामा ३० लाख , उपाध्यक्षको ५० लाख बाकी 11 करोड अध्यक्षले आफै एकलौटी बजेट संचालन गर्न खोजेपछि पालिकामा विवाद भएको हो ।

प्रतिक्रिया दिनुहोस्