जसपा : भट्टराई र यादवले छुट्टाछुट्टै बैठकको तयारी

वीरगन्ज बैठककै समानान्तर हुने गरी भट्टराईले काठमाडौंमा आफूपक्षीय विस्तारित केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

सम्वादाता | २०७९ असार २७ गते १३: ५३ मा प्रकाशित

वीरगञ्जः जनता समाजवादी पार्टीमा डा। बाबुराम भट्टराई पक्षको विस्तारित केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बैठक मंगलबारदेखि काठमाडौंको जडीबुटीस्थित रोयल बैंक्वेटमा दुई दिनसम्म चल्नेछ ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले २९ र ३० असारका लागि पर्साको वीरगञ्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकमा भट्टराई पक्षलाई आमन्त्रण गरिएको छैन ।

वीरगन्ज बैठककै समानान्तर हुने गरी भट्टराईले काठमाडौंमा आफूपक्षीय विस्तारित केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

बैठकमा हाल पार्टीमा देखिएको अन्तरसङ्घर्ष, स्थानीय तह निर्वाचनको समीक्षा र प्रदेशरप्रतिनिधिसभा निर्वाचनको तयारी एजेण्डा रहेको जसपा केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्