वीरगञ्ज - वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा रहेको श्री जानकी ईगंलिस बोडिंग स्कुलका विद्यार्थीहरुलाई ब्याच वितरण र सपथ ग्रहण गराईएको छ । शुक्रबार एक कार्यंक्रमका बिच विद्यालय परिसरमा काउन्सिलका विद्यार्थीहरुलाई ब्याच वितरण र सपथ ग्रहण गराईएको हो । ब्याच वितरण र सपथ ग्रहण कार्यक्रममा विभिन्न हाउसका हाउस शिक्षक ,क्याप्टेन ,भ्वाइर्स क्याप्टेन मोनिटरलाई वडा नम्बर ३ का वडाअध्यक्ष बैजुलाल स्वर्णकार तथा सदस्यद्धय श्रीमति संगीता दास , कलाउदी मियाँ ठकुराई र पर्साका प्रहरीका वडा नम्बर ३ स्टीएफ ईन्चार्ज आरपी साह ब्याच वितरण गरेका थिए । यस्तै कर्यक्रममा ब्याच प्राप्त गरेका विद्यार्थी तथा शिक्षकलाई प्रमुख अतिथिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गराईएको थियो । मधेश जनअधिकार फोरम मधेशका राष्ट्रिय उपाध्यक्ष तथा समाजसेवी जयकरण यादवको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय निर्देशक विरेन्द्र यादव तथा प्रधानाध्यापिका सुनिता यादव सहजीकरण गर्नुभएको थियो । उतm कार्यक्रममा विद्यार्थी काउसिन्सलमा परेका विद्यार्थीहरुको अभिभावकहरुको रहेको उपस्थिति रहेको थियो
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्