कालिकामाई गाउपालिकाको आठौ सभा स्थगित अध्यक्ष एक्लैले ९ करोड बजेट खोजेपछि विवाद

आठौ गाउसभामा गणपुरक संख्या नपुगदा सभा स्थगित

सम्वादाता | २०७९ असार २४ गते १८: ४० मा प्रकाशित

वीरगञ्ज - कालिकामाई गाँउपालिका अध्यक्ष बशिष्ठ कुमारले ९ करोड बजेट एक्लै हडपन खोजेको कारण पालिकाको आठौ सभा स्गगित भएको छ । संचार माध्यममा प्रचार भएका कान्छो मेयर बिशष्ठले पालिकाको चालू बजेट अढाई करोड बाट ९ करोड बनाएको कारण बहुमत सदस्यहरूले बहिष्कार गरेपछि गाउसभा स्थगित भएको हो । उपमेयर राजमती देवि सहित बहुत सदस्यले गाउसभामा अध्यक्षले एकलौटी गरेको आरोप लगाउदै सभा बहिस्कार गरेका थिए । शुक्रबार बसेको आठौ गाउसभामा गणपुरक संख्या नपुगदा सभा स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले बताए ।

२१ वर्षको उमेर मै परिवारिक बाध्यताका कारण अध्यापन छोडेर पालिका अध्यक्ष भएका बशिष्ठ गाजाँ ,चरेश र जाली नोटको तस्करीमा जेल सजाए बिताएका काका दिनेश कलवारको आदेशमा चलेको कारण बिवादित बनेका छन । उनको बुवा सुरेश कलवार पनि खोटा चलनका दोषी हुन । अबैध कारोबार बाट संकलित सम्पतीको प्रयोगगरि परिवारमा अन्य कोहि लड्न नपाउने भएपछि उनिहरू बशिष्ठलाई प्रत्याशी बनाए । अहिले बजेट तथा योजना बाटफाटमा पालिका अध्यक्ष वशिष्ठले काकाको डिजाईनमा बडाको बजेट कटौती गरि खरिदमा मात्र ९ करोड बजेट प्रस्ताव गरेका छन । खरिदमा मोटो कमिशन सजिलो पाउने भएकोले चुनावमा भएको खर्च संकलनमा उनको काका जुटेका छन ।
गाउपालिकामा पहिला देखि नै ५ वटा एसी जडान भएपनि अगामी वर्षमा पालिका कार्यालयमा १० लाखको एसी लगाउन बजेट छुट्याएका छन् ।त्यसैगरि जेसिबी,लोडर,१ करोडको सिसिटिभी ,10 लाखको जनरेटर, लगायतका बिलासिताका वस्तु खरिद गर्न पालिका अध्यक्षले बजेट प्रस्तावित गरेका छन । यसैगरि १० देखि १५ लाख ईधनमा खर्च हुने गरेको कालिकामाईमा अहिलेको बजेटमा ५० लाख बिनयोजन गर्ने र अढाई करोड खर्च गरि ३५ जना पालिका प्रहरी न्युक्त गरि रकम उगाही गर्ने योजना पालिका अध्यक्षको रहेको छ ।
पालिकाको वडा नम्बर ४ र वडा नम्बर २ बाट ३० लाखको परिधीमा रहि बजेट छनौट गर्ने पत्र वडामा गएपछि वडाहरूले योजना पालिकामा पठाएका छैन्न । यो भन्दा अगाडीका वर्षहरूमा वडाहरूमा १ करोडको बजेट जाने गर्दथियो । अहिले वडामा ३० लाख , उपाध्यक्षको ५० लाख बाकी 11 करोड अध्यक्षले आफै एकलौटी बजेट संचालन गर्न खोजेपछि पालिकामा विवाद भएको हो ।

प्रतिक्रिया दिनुहोस्