कसैको मुखपत्र भएर समाचार नलेख्नुस् : मेयर सिंह

उनले जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्दै सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि महानगरको जहिले साथ रह्ने प्रतिवद्धता जाहेर गरेका थिए

सम्वादाता | २०७९ असार २३ गते १५: ०४ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कसैको मुखपत्र भएर पत्रकारिता नगर्न सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ पर्साको आयोजना र वीरगन्ज महानगरपालिकाको सहयोगमा दुई दिने छापामाध्यम आवद्ध सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रमको समापन सत्रका प्रमुख अतिथी मेयर राजेशमान सिंहले सबैलाई निष्पक्ष पत्रकारिता गर्न आग्रह समेत गरेका थिए । ‘कसैको मुखपत्र भएर कृपया पत्रकारिता नगर्नुस्,’ मेयर सिंहले भने, ‘राज्यको चौथो अंगको रुपमा काम गर्नुस्, निष्पक्ष पत्रकारिता गर्नुस् ।’

उनले जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्दै सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि महानगरको जहिले साथ रह्ने प्रतिवद्धता जाहेर गरेका थिए ।  ‘वीरगन्जको पत्रकार साथीहरुको कसरी क्षमता अभिवृद्धि हुन्छ, त्यसमा महानगरले सधैँ सहयोग गर्छ,’ मेयरले भने । राजनीति गर्न चाह्ने पत्रकारहरुलाई उनले खुल्ला रुपले राजनीतिमा लाग्न सुझाव समेत दिए ।

महासंघको सभाहलमा भएको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेश प्रदेशमा महासचिव श्याम बन्जाराले मन्तव्य व्यक्त गरेका थिए । शाखा अध्यक्ष अनुप तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव भूषण यादवले गरेका थिए । दुई दिने क्षमता अभिवृद्ध तालिममा पर्साका ३९ जना सञ्चारकर्मीले सहभागिता जनाएको कोषाध्यक्ष सन्जीव मिश्राले बताए । 

 

प्रतिक्रिया दिनुहोस्