पर्सागढी महोत्वसमा दिनहुँ मारपीट

दिनहु जसोको झैझगडा तथा मारपिटले अहिले युवा हरुमा फाटो आउनुको साथै एक गाउँ बाट अर्को गाउँ बिचमा समेत मनमुटाव भएको छ ।

सम्वादाता | २०७९ असार २१ गते १९: ४५ मा प्रकाशित

वीरगन्ज– पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहारमा जारी प्रथम पर्सागढि महोत्सवमा दिनहु जसो मारपीट र झैझगडा हुने गरेको छ । पर्सागढि युवा स्पोर्ट्स कल्ब बडनिहार द्वारा आयोजित र लिग इन्टरटेन्टमेन्ट ब्यवस्थापनमा संचालित महोत्सव असार ३ गते देखि १५ गते सम्म जिल्ला प्रसासन कार्यलय बाट अनुमति लिई संचालन भएकोमा १५ गते बर्षाको कारण कार्यक्रम रोकियपछि जिल्ला प्रसासन कार्यालय पर्सा बाट थप ५ दिनको अनुमति लिई असार २२ गते सम्म संचालनमा रहेको महोत्सवमा दिनहु जसो जाड रक्सी खाई कार्यक्रम स्थल तथा बाहिर झैझगडा तथा मारपिट हुने गरेको स्थानीय बासी हरुले बताएका छन ।
पर्सागढि नगरपालिका कार्यालय हरपुरले दिनहु जसो मारपीट र विकृत्तिका कारण थप समयको अनुमति नदियता पनि आयोजक क्लबले जिल्ला प्रसासन कार्यालय बाट अनुमति लियको थियो । सोमबार राती कार्यक्रम चल्दै गर्दा कार्यक्रम स्थल भित्र बाट सुरु भएको मारपिट बाहिर सडक सम्म ग्याङ्ग फाईट हुन्दा पर्सागढि नगरपालिका वडा न २ गोडपसरा निवासी बर्ष २२ को मुना चौधरिको टाउको फुटेको छ । उनको स्थानीय मेडिकलमा उपचार गराईयको थियो । दिनहु जसोको झैझगडा तथा मारपिटले अहिले युवा हरुमा फाटो आउनुको साथै एक गाउँ बाट अर्को गाउँ बिचमा समेत मनमुटाव भएको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक किसोर आचार्यका अनुसार आयोजक क्लबले निर्धारित समय भन्दा ढिलो कार्यक्रम सुरु गर्ने गरेको र राती साढे ११ बजेसम्म कार्यक्रम संचालन हुने हुन्दा शान्ती सुरक्षामा खलल पुगेको र आफुले पटकपटक आयोजक लाई अनुमति अनुसार ४ बजे देखि १० बजे सम्म कार्यक्रम सन्चालन गर्न भनेता पनि आयोजकले अटेल गरेको खुलाए ।

 

प्रतिक्रिया दिनुहोस्