शैक्षिक क्षेत्रमा देखिएका बेथिती बिरुद्ध नेवि संघ पर्सा आन्दोलित

३ दिन भित्रमा माग सम्बोधन नगरे नेवि संघ बाध्य भई विरोधका कार्यक्रमहरु अगाडि सार्ने जनाएको छ । 

सम्वादाता | २०७९ असार २० गते ०८: १० मा प्रकाशित

वीरगन्ज– विधार्थीहरुसँग निजी विद्यालयले लिदै आएको मनपर्दो शुल्कको विरुद्धमा नेपाल विधार्थी संघ पर्सा आन्दोलनमा उत्रिएको छ । नेपाल विधार्थी संघ पर्सा र तत्कालिन जिल्ला शिक्षा कार्यालयले शैक्षिक बेथिती सुधारका निम्ति गरेको सम्झौता अझैसम्म लागू नभएको हुनाले निजी स्कुलहरुले मनपर्दो शुल्क असुल्दै आएकोमा नेवि संघ पर्साको गम्भीर ध्यानाकर्षण भएको छ । शैक्षिक क्षेत्रमा देखिएका बेथिती अन्त्यका लागि नेवि संघले १० बुँदे माग अघि सारेको छ ।

विधार्थीहरुसंग लिएको अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर्नुपर्ने, वार्षिक आय व्यय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नियमित शैक्षिक क्यालेन्डर तयार गरी अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने, खेलकुद मैदानको व्यवस्था गर्नुपर्ने, नेपाल सरकारको शैक्षिक ऐन नियमावली अनुसार छात्रवृत्ति प्रदान गर्नुपर्ने लगायतका माग नेवि संघले अघि सारेको छ । नेवि संघ पर्सा अध्यक्ष विकेश पटेल नेतृत्वको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारी, वीरगन्जका मेयर राजेशमान सिंह, प्याबसन, एनप्याबसनलाई ज्ञापनपत्र बुझाउँदै ३ दिन भित्रमा माग सम्बोधन नगरे नेवि संघ बाध्य भई विरोधका कार्यक्रमहरु अगाडि सार्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्