बिन्दबासिनी गाउँपालिकाको ११ औं गाउँसभा तथा नीति तथा कार्यक्रम सम्पन्न

नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, लगाएतका कार्यक्रमहरु समेटेको छ ।

सम्वादाता | २०७९ असार ९ गते १७: ४२ मा प्रकाशित

वीरगञ्ज - पर्साको बिन्दबासिनी गाउँपालिकाको आज ११ औं गाउँसभा तथा २०७९/०८० को नीति तथा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको ११ औं गाउँसभामाबाट आगामी आर्थिक बर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । यस वर्षको नीति तथा कार्यक्रममा कृषि, , शिक्षा, स्वास्थ्य, लगाएतका कार्यक्रमहरु समेटेको छ । सभाको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले आजको यस सभालाई सफल बनाई दिएकोमा सबै जनप्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी लगायतलाई धन्यवाद दिनुभएको थियो । उनले यस वर्षको नीति तथा कार्यक्रमलाई सबै मिलेर सतप्रतिशत पूरा गर्ने प्रतबद्धता व्यक्त गर्नु भएको थियो । यसैगरी गाउँपालिकाका प्रशासकीय अधिकृत राजु साहले कार्यक्रममा आएको सलाह, सुझावलाई समेटेर गाउपलिकलाई सबै भन्दा उत्कृष्ट बनाउने प्रतबद्धता जनाएका थिए । कार्यक्रममा गाउँपालिका वडा नं। १ का वडाध्यक्ष अक्षयलाल महतो , वडा नं। २ का वडाध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी , वडा नं। ३ का वडाध्यक्ष जय प्रकाश चौरसिया , वडा नं। ४ का वडाध्यक्ष अनोज चौरसिया , वडा नं। ५ का वडाध्यक्ष मोहन राउत अहीर र कार्यपालिका सदस्य मान्ती देवी , कुसमी कुमारी देवी , धनपति तत्मीन , रिमा कुमारी देवी , अशोक कुमार गुप्ता , शम्भु प्रसाद बरै , वडा सदस्यहरु, कर्मचारी लगायतहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण रामप्रवेश साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्