धोरेमा दलित परिवार बिच हानाहान, बृद्ध दसई रामको मृत्यु

विहिवार राति १० बजेको समयमा घरायसी झगडामा हानाहान हुदा ६५ वर्षिय दसई रामको मृत्यु भएको हो ।

सम्वादाता | २०७९ असार ३ गते ०९: ३३ मा प्रकाशित

धोरे – पर्साको पकहा मैनपुर गाउपालिका वडा १ धोरेमा दलित परिवार बीच झगडा हुदा एक जनाको मृत्यु भएको छ । विहिवार राति १० बजेको समयमा घरायसी झगडामा हानाहान हुदा ६५ वर्षिय दसई रामको मृत्यु भएको हो । रामको शव परिक्षणको लागि नरायणी अस्पताल पठाईएको छ । उनको टाउको तथा ढाड मुनि संवेदशील अंगहरूमा चोट देखिएको छ । झगडाको क्रममा तानातान हुदा राम घर नजिकैको ढलाई बाटोमा लडेको प्रत्यक्षदर्शीले बताएका छन । प्रहरीले प्रारम्भिक अनुसंधानको क्रमा लठिले प्रहार भएको बताएपनि मृत्युको कारण र चोटको अवस्थाबारे शव परिक्षण तथा थप अनुसंधानबाट खुल्ने ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । मृतक दसई र महेश रामको घर बाट झगडा भएको थियो । दसईको मृत्यु पश्चात प्रहरीले विपक्षी महेश रामको घरबाट तीन जनालाई नियंत्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्