नेपाली युवा उधमी मन्च बीरगन्जको अध्यक्षमा राकेश साह चयन

नेपाली युवा उधमी मन्च बीरगन्जको अध्यक्षमा राकेश साह चयन हुनु भएको छ ।

सम्वादाता | २०७९ असार १ गते १९: ४६ मा प्रकाशित

बीरगन्ज - नेपाली युवा उधमी मन्च बीरगन्जको अध्यक्षमा राकेश साह चयन हुनु भएको छ । बुधवार बीरगन्जमा सम्पन युवा उधमी मञ्च बीरगन्ज शाखाको दोश्रो वार्षिक सधारण सभाले राकेश साहलाई अध्यक्षमा चयन गरेको हो । यसैेगरि मञ्चको प्रथम उपाध्यक्षमा संदिप अग्रवाल,दोश्रो उपाध्यक्षमा पंकज अग्रवाल, चयन भएका छन । मञ्चको कार्य समितीमा विश्वास प्रताप साह,अक्षत साह,मनिषा सुनवार श्रेष्ठ,काजल सिहं,विकाश ठाकुर,दिपक खन्ना,सुरज रूगटा र आमन्त्रित सदस्यमा मोहित गुप्ता र किशन क्याल रहेका छन ।
नेपाली उधमी मञ्च बीरगन्जको नया कार्यसमितिलाई शुभकामना दिदै उधोग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले युवा व्वसायी ,व्यपारीहरूलाई सृजनशीलता र उत्पादनमुखी उधममा जुटन अनुरोध गर्नु भयो । कार्यक्रममा बीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता,पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल,बीरगन्जका निवर्तमान मेयर बिजय सरावगी,उधोगी अशोक बैध,अशोक टेमानी,भारतिय वाणिज्य दुत नितीन कुमार, पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत लगायतका वक्ताहरूले नवनिर्वाचित टिमलाई शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्