नेकपा एमाले पर्साका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई एक समारोहका बीच बधाई तथा सम्मान

नेकपा एमाले जिल्ला कमिटीले मंगलवार वीरगञ्जको अनमोल पार्टी पैलेसमा समारोहको आयोजनागरि जनप्रतिनिधिहरूलाई सम्मान गरेको हो ।

सम्वादाता | २०७९ जेठ ३१ गते १४: ५९ मा प्रकाशित

वीरगञ - कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पूर्व मन्त्री पुरूषोतम पौडेल तथा ज्वाला साहले नवनिर्वाचित जनप्रतिनिधिहरू माला ,गम्छा र टीका लगाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा वक्ताहरूले जनमुखी कार्यगरि अझै जनताको मनजित्ने कार्य योजनामा लाग्न नवनिर्वाचितहरूलाई सुझाएका थिए । आउदो संघिय र प्रदेशको निर्वाचनमा पर्सामा पार्टी प्रतिको आकर्षणलाई अझै बढाउनका लागि जनप्रतिनिधिहरूलाई निर्देशन पनि गरिएको छ । प्रमुख र उपपमुख नजितेको पालिकामा प्रमुख प्रतिपक्षिय भुमिका खेलेर एमालेको नीति अनुसारको समाजिक रूपान्तरण तथा विकाशलाई अगाडि बढाउन जनप्रतिनिधिहरूलाई नेताहरूले आग्रह गरे ।  एमाले पर्साका अध्यक्ष जयप्रकाश थारूको सभापतित्वमा सम्पन कार्यक्रममा जिल्ला ईन्चार्ज प्रभु हजरा,प्रदेश सचिव डा। कृष्ण पौडेल ,सरस्वती चौधरी,आरती भण्डारी,प्रदेश सदस्य बसरूदिन अंसारी, बिचारी यादव,शम्भु गुप्ता,महानगर उपाध्यक्ष महेश दास,सचिव सुन्दर कुर्मी ,नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, प्रेस चौतारीका अध्यक्ष श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्