विश्व रक्तदाता दिवसको अवसरमा मधवलमा बृहत रक्तदान

विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ मधवलमा विश्व रक्तदाता दिवसको अवसरमा आज मगंलबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सम्वादाता | २०७९ जेठ ३१ गते १४: ३८ मा प्रकाशित

वीरगञ्ज -  विश्व रक्तदाता दिवसको अवसरमा मधवलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ मधवलमा विश्व रक्तदाता दिवसको अवसरमा आज मगंलबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । श्री सातोमाई युवा क्लब तथा धिरज कुमार चौरसियाले आयोजना गरेका कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । यो मधवलमा पहिलो पटक रक्तदान कार्यक्रम भएको हो । क्लबका अध्यक्ष बिकास कुमार साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आथिती पालिका अध्यक्ष प्रमोद तिवारी र विशिष्ट आथिती ज्योति चौरसिया रहेका थिए । क्लबको आयोजनामा मधवलमा सम्पन्न रक्तदान कार्यक्रम सन्तोस साह , रमेन्द्रनाथ तिवारी , ओमप्रकास साह , सागिर देवान , मान्सी साह , उपेन्द्र साह , रन्जित साह , लगायत २३ जनाले रक्तदान गरेका थिए । आयोजना गरिएको उक्त कार्यक्रममा स्थानिय युवाहरु , समाजसेवी , बुद्धिजिवी , सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण पवन साहले गरेको हुन् ।

प्रतिक्रिया दिनुहोस्