जिसस पर्साका नवनिर्वाचित प्रमुख सहितका जनप्रतिनिधीहरुको शपथ ग्रहण

नवनिर्वाचित प्रमुख सहितका जनप्रतिनिधीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सम्वादाता | २०७९ जेठ ३० गते १७: ४३ मा प्रकाशित

वीरगन्ज - जिल्ला समन्वय समिति (जिसस) पर्साका नवनिर्वाचित प्रमुख सहितका जनप्रतिनिधीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार आयोजित शपथ ग्रहण समारोहमा जिल्ला समन्वय समितिका प्रमुख निरन्जन साह सोनारले मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यसपछि जिल्ला समन्वय समितिका प्रमुख सोनारले उपप्रमुख पुरन कुर्मी र ७ जना ससदस्यहरुलाइ पद तथा गोपनियताको शपथ खुवाएका थिए ।

शपथ ग्रहण समारोहमा प्रदेशसभा सदस्य जन्नत अन्सारी , जिल्ला समन्वय समिति पर्साका निवर्तमान प्रमुख नेक महम्मद अन्सारी, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष जय प्रकाश थारु , एमाले नेता शीव पटेल , पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत लगायतको पनि उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्