एमालेको सचिवालय बैठक आज बस्दै

बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्नेछ।

सम्वादाता | २०७९ जेठ ३० गते ०९: ४३ मा प्रकाशित

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गरेको छ ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्नेछ। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकले असार २ र ३ गते एमालेका जनप्रतिनिधिहरूलाई दिइने प्रशिक्षणका विषयवस्तुका बारेमा पनि छलफल गर्नेछ।

त्यस्तै विभागहरूको पूर्णता अनि राजनीतिक अवस्थाको बारेमा पनि छलफल गरिने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्