वीरगञ्ज - बारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुवर्ण गाउँपालिका ७ सनफुल्वा टोल बस्ने ३५ वर्षीय विरुलाल यादव र भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण समरपुर(२ बस्ने ३० वर्षीय मेवा चन्द्र राय यादवको मृत्यु भएको हो ।
आइतबार राति साढे १० बजे हुलाकी राजमार्गको बारा महागढीमाई नगरपालिका-८ थलही पुलमा बरियारपुरबाट लंगडाचोकतर्फ जाँदै गरेको प्र।०२-०३-००४प। ७९३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलसहित चालक र पछाडि सवार दुवैजना पुलभन्दा २५ फिट तल खसेर गम्भीर घाइते भएका थिए । उनीहरूलाई उद्धार गरेर उपचारका लागि कलैया अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा सवा ११ बजे उनीहरुको मृत्यु भएको जानकारी अस्पतालले दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्