अहिलेको सरकार कांग्रेसको एकलौटी होइन धेरै दाबी नगरौं : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै दाबी गर्न नमिल्ने बताएका छन्।

सम्वादाता | २०७९ जेठ ३० गते १८: १८ मा प्रकाशित

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै दाबी गर्न नमिल्ने बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारदेखि सुरू राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा देउवाले यस्तो बताएका हुन्।

‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ उनले भने,‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन।’

ट्रेड युनियनले उठाउँदै आएको मागप्रति सरकार गम्भीर रहेको बताउँदै उनले मागहरू सम्बोधन गर्ने प्रतिवद्धता जनाए।

देउवाले महासंघले स्थापनाकालदेखि नै श्रमिकको हकहितका लागि काम गरिरहेको उनले बताए।

कोभिड नियन्त्रणमा आए पनि युक्रेन युद्धका कारण उद्योग व्यवसाय प्रभावित हुँदा रोजगारीमा असर परेको उनको भनाइ थियो।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्पकर आचार्यले आमश्रमिकलाई स्थापित गर्ने गरी कानुन आए पनि कार्यान्वयन नभएको गुनासो गरेका थिए।

कांग्रेसकै सरकार हुँदा पनि आमश्रमिकलाई स्थापित गर्ने कानुन कार्यान्वयन हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए।

‘दुर्भाग्यका साथ भन्नुपर्छ, यो कानुनलाई लागू गर्ने दिशामा कांग्रेस नेतृत्व र कांग्रेसकै सरकार उदासीन छ,’ उनले भने,‘सभापतिलाई आग्रह गर्छु श्रमिकलाई भोटको मात्र माध्यम नबनाउनुस्।

 

प्रतिक्रिया दिनुहोस्