प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ विमानस्थल निर्माण हुन्छ : देउवा

प्रस्तावित टाँगियावस्तीभन्दा केही पूर्व सारेर भए पनि विमानस्थल निर्माण हुने

सम्वादाता | २०७९ जेठ २९ गते १३: ११ मा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन्।

विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर निजगढ सार्वजनिक सरोकार समितिको ज्ञापन पत्र बुझ्दै देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका हुन्।

हाल प्रस्तावित टाँगियावस्तीभन्दा केही पूर्व सारेर भए पनि विमानस्थल निर्माण हुने देउवाले बताएका छन्।

 देउवाले विमानस्थल निर्माण गर्नकै लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा रकमसमेत विनियोजन गरेको बताएको सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए।

सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणसम्बन्धी सरकारका सबै निर्णय बदर गरिदिएको छ।

सरोकार समितिले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई पनि ज्ञापन पत्र बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्