काठमाडौं - गृह मन्त्रालयले कानून विपरीतका मिटर व्याजमा पैसा दिएर ब्याज असुल गर्ने लगायतका क्रियाकलाप नगर्न आग्रह गरेको छ । मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै मिटर ब्याजसम्बन्धी प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले त्यस्ता गतिविधि भएको कुनै सूचना पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोधसमेत गरेको छ । पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
उनका अनुसार मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौन शोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने लगायत प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको हो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्