कांग्रेससँग मिलेर वीरगन्जको मेयर र एमालेसँग मिलेर जिसस को सभापति : जसपाको गज्जबको रणनीति !

जिसस पर्साको प्रमुखमा जसपा र नेकपा एमालेका साझा उम्मेदवार निरञ्जन सा (अजय)सोनार र उप-प्रमुखमा पुरन कुर्मी सहित सम्पुर्ण प्यानल बिजयी भएका हुन् ।

सम्वादाता | २०७९ जेठ २७ गते १७: २७ मा प्रकाशित

वीरगञ्ज - जिल्ला समन्वय समिती (जिसस) पर्सामा नेकपा एमले र जनता समाजवादी पार्टी (जसपा)गठबंधनका प्यानल विजयी भएको छ । जिसस पर्साको प्रमुखमा जसपा र नेकपा एमालेका साझा उम्मेदवार निरञ्जन सा (अजय)सोनार र उप-प्रमुखमा पुरन कुर्मी सहित सम्पुर्ण प्यानल बिजयी भएका हुन् ।जिससको नयाँ नेतृत्वमा जसपा र एमाले जितेपछि जिल्लास्थित सत्तारुढ गठबन्धनमा खलबल मचेको छ । जिसस पर्साको शुक्रवार सम्पन्न निर्वाचनमा २ मतका अन्तारले सोनार प्रमुखमा निर्वाचित भएका छन् । उनले १५ मत ल्याउँदा उनढका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजजवादी पार्टी ९लोसपा० का उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा एमालेका कुर्मी पनि १५ मतका साथ निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी काँग्रेसकी कुमारी सोनीले भने १३ मत मात्रै पाएकी छन् ।
जिससको ७ जना सदस्यमध्ये जसपाका ३ जना विजय कुमार राउत , राजपति देवी , व्यान्ति देवी कुर्मी रहेका छ भजे एमालेका ४ जना राम प्रसाद यादव , सुशीला कामी , श्रीकान्ति देवी थरुनी र सलिम मिया अन्सारी निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा पर्साका १४ वटा पालिकाका प्रमुख र उपप्रमुख गरि २८ जनाले मतदान गरेका थिए ।
वीरगञ्ज महानगरको मेयर उपमेयर र बोर्ड सदस्यको निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको जसपाले जिससको निर्वाचनमा भने एमालेसँग गठबन्धन गरेर विजयी भएको छ ।जसपाले एमालेसंग तालमेल गरेपछि सत्तारुढ गठबन्धनमा खलबल मचेको छ । महानगरको चुनावमा सत्तारुढ गठबन्धनले साथ दिएपछि जसपाका मेयर विजयी भएका थिए तर जिससको चुनावमा जसपाले गठबन्धनबाट बाहिरिएर एमालेलाइ साथ दिएका छन् ।
जिससको सभापति र ३ सदस्य लिँदै जसपा एमालेसँग गठबन्धन गरेको हो भने एमालेले उपसभापति र ४ सदस्य सहित जसपासँग गठबन्धन गरेर जित हासिल गरेका छन् ।
महानगरमा कांग्रेस र जसपा मिलेर मेयर उपमेयर तथा बोर्ड सदस्य भागवण्डा लगाएका थिए । तर समन्वय समितिमा भने कांग्रेसले नेतृत्वको दावी गरेपछि जसपा एमालेसँग मिल्दै नेतृत्व हासिल गरेको हो । सत्तागठबन्धनको शीर्ष नेतृत्वले जिससको निर्वाचनमा पनि सत्तारुढ दलहरुकै बिच गठबन्धन गर्न निर्देशन दिएको थियो । तर जिसस पर्साको निर्वाचनमा भने सत्तारुढ दल जसपाले भने एमालेसंग गठबन्धन गरेको उम्मेदवारी दिएको थियो । गठबन्धनका एक नेता भन्छन् ,`महानगरमा हामीले जसपालाई साथ दिएर गठबन्धनका मेयर उपमेयर जितायो । कार्यपालिकामा पनि साथै देकै हो तर जिससको चुनावमा जसपाले गठबन्धन तोडेको छ । यसको असर आगामी चुनावमा पर्ने बताए ।,

 

प्रतिक्रिया दिनुहोस्