चोरी, तस्करी र कालोबजारी रोक्न गृह मन्त्रालय असफल : सांसद पौडेल

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद दुर्गा पौडेलले गृह मन्त्रालय चोरी, तस्करी र कालोबजारी रोक्न असफल भएको बताएकी हुन् । 

सम्वादाता | २०७९ जेठ २७ गते १५: १४ मा प्रकाशित

काठमाडौं - राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले चोरी, तस्करी तथा कालोबजारी रोक्न गृह मन्त्रालय असफल भएको बताएकी छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले गृह मन्त्रालय चोरी, तस्करी र कालोबजारी रोक्न असफल भएको बताएकी हुन् । 
हत्या, हिंसा, लुटपाट र बलात्कारको घटना बढिरहेको भन्दै त्यसको अनुसन्धान पनि धेरै फितलो भएको बताउँदै उनले सुरक्षाको जिम्मेवारी लिनेहरुनै भ्रष्टाचार, चोरी र तस्करीमा संलग्न हुने गरेका बताइन् ।
यस्तै नेकपा९एमाले०का सांसद दीपकप्रकाश भट्टले अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको उपस्थिति कमजोर भइरहेको बताएका छन् । उनले दुई पक्षीय, क्षेत्रीय, उपक्षेत्रीय र अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको उपस्थिति निकै कमजोर भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय तथा गृह मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषदसँग समन्वय गर्नुपर्ने भएपनि राष्ट्रिय सुरक्षा परिषद्लाई डम्पिङ साइटजस्तो बनाइएको बताए । परिषद् बारे आगामी आर्थिक वर्षको बजेटमा कहीँ कतै नछोएको उनको भनाई छ ।

उनले सातै प्रदेशका मुख्यमन्त्रीहरूले कुटनीतिज्ञहरूलाई भेटिरहेको उल्लेख गर्दै कसले सहजीकरण गरिरहेको र कुन संरचनाले काम गरिरहेको हो भन्ने प्रश्नसमेत गरे । स्थानीय तहका जनप्रतिनिधिहरु पनि अन्तर्राष्ट्रिय संघसंस्थाको कार्यक्रममा कुनै निकायसँग सहजीकरण नगरि गइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्