पहिरोले फेरि मुग्लिन- नारायणगढ सडक अवरुद्ध

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोला र नाम्ची खोलामा पहिरो खसेको छ ।

सम्वादाता | २०७९ जेठ २७ गते ११: १३ मा प्रकाशित

चितवन - चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोला र नाम्ची खोलामा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
नारायणगढ–मुग्लिनमा ठाउँठाउँमा सुख्खा पहिरो खसेपछि सडक सुचारु गराउने चितवनका एसपी राजमार्गमा पुगेका छन् । सड्क सुचारु गर्न आवश्यक मेसिनरी र प्राविधिकको सहयोगमा सडक सुचारु गर्ने प्रयास भइरहेको चितवनका एसपी नवराज अधिकारीले बताए ।
‘ठाउँ ठाउँमा पहिरो खसिरहेको छ’ एसपी अधिकारीले भने–‘पहिरो पन्छाउँदै सवारी साधन सुचारु गरिरहेका छौं ।’ बिहान ९ बजे इछाकामना गाउँपालिका–६ तोपेखोला नजिकै खसेको पहिरो हटाउने प्रयास भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्