बारा - बाराको निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न माग गर्दै बारा निजगढका सरोकार व्यक्तिहरु डेलिगेसनका लागि काठमाडौं पुगेका छन्। सर्वोच्चको फैसलाका कारण निजगढमा विमानस्थल निमार्ण नहुने आशंका व्यक्त गदै उनीहरु विभिन्न मन्त्री र दलका शीर्ष नेताहरूसँग भेटघाट गरेर आफ्ना माग पेस गरेका हुन ।
आज मात्रै उनीहरुले पर्यटन मन्त्री प्रेम आले, अर्थ मन्त्री जनार्दन शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र बुझ्दै मन्त्री आलेले मन्त्रालय निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न तयार रहेको बताएका छन् । मन्त्री आलेले अर्थ मन्त्रालयले आवश्यक बजेट दिए तत्कालनै निमार्ण प्रक्रियामा जाने बताएको निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए ।
यस्तै अर्थ मन्त्री शर्माले आगामी चुनाव भन्दा अगाडिनै यो सरकारले नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको शिलान्यास गर्ने दाबी गरे । पर्यटन मन्त्रालयले चाहेमा तत्काल टेन्डर आव्हान गर्न सक्ने र रकमको कमी भएमा अर्थ मन्त्रालयले त्यसको आवश्यक बजेटको उपलब्ध गराउने बताए ।
यसैगरी राप्रपाका अध्यक्ष लिङदेनलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य कुनै विकल्प नरहेको बताएका छन् । उनले कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग भेट्ने कार्यतालिका रहेको संयोजक श्रेष्ठले बताए ।
डेलिगेसनका निम्ति बाराबाट निजगढ सार्वजनिक सरोकार समिति संयोजक श्रेष्ठ सँगै युवा विद्यार्थी, स्वतन्त्र सरोकार समिति संयोजक जयराम कुँवर, कोल्हबी सार्वजनिक सरोकार समिति संयोजक ढुण्डिराज उप्रेती, पूर्व मन्त्री तथा एमाले नेता पुरुषोतम पौडेल, एमाले नेता अच्युत मैनाली, निजगढ सार्वजनिक सरोकार समिति उपसंयोजक पदम बहादुर भण्डारी, नेपाली कांग्रेस बाराका जिल्ला सदस्य कृष्ण प्रसाद खरेल, राप्रपाका निजगढ नगर अध्यक्ष खड्क प्रसाद उप्रेती, नेकपा एसका निजगढ नगर अध्यक्ष भिमसोन प्रसाद सापकोटा, लोसपाका निजगढ नगर अध्यक्ष मोजहर मनसुर, निजगढ नगरपालिकाको निवर्तमान उपप्रमुख लीला देवी लामिछाने खनाल, यम बहादुर खड्का, अम्बिका चौलागाई, निलम बजगाई, धनश्याम तिमल्सिना लगायतको टोली काठमाडौं पुगेको हो ।
केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ। त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ।
श्रमाधान योजना भित्रका सात कार्यक्रमलाई क्रमिक रुपमा सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ । पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने श्रममन्त्री डोल प्रसाद अर्यालले बताए ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनाबाट कुल ३ करोड रुपैयाँ लिएर विदेश नपठाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी साुनराम भट्टराईले बताए ।
सर्वोच्चले वैज्ञानिक कारणविना जथाभावी रूपमा मापदण्ड संशोधन नगर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चले यसअघि ८ असार ०७९ मा संशोधित मापदण्ड लागू नगर्न अन्तरिम आदेश जारी गरेकामा हाल आएर बदर नै गरिदिएको हो।
प्रतिक्रिया दिनुहोस्