प्रधानमन्त्री देउवापत्नी आरजुको दबाबमा तस्करी गराउन इन्स्पेक्टर मल्ल वीरगञ्ज पुगे

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा.आरजु राणाको ठाडो दबाबमा तत्कालीन आइजीपी शैलेश थापा क्षेत्रीले प्रहरी निरीक्षक विशाल मल्ललाई वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा सरुवा गरेका थिए ।

सम्वादाता | २०७९ जेठ २६ गते १४: १७ मा प्रकाशित

वीरगञ्ज - नेपाल प्रहरीका प्रहरी निरीक्षकको सरुवामा बालुवाटारबाट हस्तक्षेप हुँदैआएको समाचार प्राप्त भएको छ । डीआइजी, एआइजी तहका उच्च अधिकारीको सरुवा बढुवामा हस्तक्षेप हुँदैआएकोमा अहिले प्रहरी निरीक्षकको सरुवामा समेत हस्तक्षेप हुन्नथालेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा.आरजु राणाको ठाडो दबाबमा तत्कालीन आइजीपी शैलेश थापा क्षेत्रीले प्रहरी निरीक्षक विशाल मल्ललाई वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा सरुवा गरेका थिए । एसपीसम्मको सरुवाको अधिकार संगठन प्रमुख महानिरीक्षकलाई भए पनि इन्स्पेक्टरको सरुवामा समेत बालुवाटारबाट सूची आउने क्रम बढेपछि तत्कालीन आइजीपी थापा दिक्क थिए । लेनदेनदेखि बिभिन्न विवादमा परेका इन्स्पेक्टर अनिल ठकुरी, नेपालगंज ट्राफिकमा ऐनबहादुर मल्ललाई ठाडो दबाबमा सरुवा गरिएका समाचार बारम्बार आउने गरेका छन् । यस्तै दबाबमा सरुवा गरिएका पछिल्ला उदाहरण हुन् वडा प्रहरी कार्यालय बिर्ता पर्सामा सरुवा भएका विशाल मल्ल । आरजु देउवाकै पावर लगाएपछि तत्कालीन आइजीपी थापा क्षेत्रीले २०७८ चैत २४ को ६७३ इन्स्पेक्टर सरुवामा मल्ललाई वप्रका विर्ता सरुवा गर्न बाध्य भएका थिए । मल्ल प्रहरी प्रधान कार्यालय भर्ना छनोट महाशाखा नक्सालबाट वप्रका बिर्तामा सरुवा भएका थिए । विर्ता वप्रका इन्स्पेक्टरका लागि आकर्षकमध्येको कार्यालय पर्दछ । वीरगञ भन्सार नजिकै पर्ने विर्ता वप्रका अतिरिक्त कमाइका हिसाबले पनि आकर्षक मानिन्छ ।  आरजु देउवाको ठाडो आदेशमा सरुवा भएका मल्लले अनुभवी घुमुवा परिचालन गरी अतिरिक्त कमाउधन्दामा सक्रिय एका छन् । यसअघिका विर्ताका इन्स्पेक्टर राजेशराज पुरीका घुमुवा उमेश यादव २७ महिनादेखि कार्यरत छन् । यादवको दर्जा सिपाही भए पनि उनको पहुँच सिधै डीआइजीसम्म नै रहँदैआएको छ । शैलेश थापा क्षेत्रीसँगै अवकाश भएका मधेश प्रदेशका तत्कालीन डीआइजी उमेश रंजितकारसम्मलाई तस्करहरुबाट सेटिङ गरी बुझाउने भएकाले उनले जिल्लाका एसपीसम्मलाई पनि बेवास्ता गर्ने गरेको स्रोतले बतायो । उमेश रंजितकारले मधेश प्रदेशमा एकपटक घुमुवा सरुवा गर्दा यादवलाई भने चलाएका थिएनन् । रंजितकारले हालका डीआइजी मसाउद आलम खाँलाई समेत उमेश यादवसँग कनेक्सन गराएकाले उनी घुमुवाका रुपमा तस्करहरुबाट निर्वाध रुपमा कमाउ अभियानमा लागेका छन् ।  बालुवाटारको पावरमा आएका इन्स्पेक्टर बिशाल मल्लले तिनै घुमुवामार्फत् सेटिङ गरी तस्करीको लाइन दिएर अतिरिक्त कमाउने क्रम सुरु गरेका छन् ।
विर्ता प्रहरीबाट लाइन पाएका भन्सारछली तस्करी गर्ने कारोबारीहरुमा अशोक वर्णवाल, पशुपति यादव, बैजु साह, मञ्जु पटेल, ललन पटेल, मदन बंगाली, मदन केवट,  मनोज गुप्ता, तबारक मिया छन् ।  त्यसैगरी तस्करीको लाइन पाउनेहरुमा आरती यादव, बिकी साह, आकाश वर्णवाल, बिशाल जयसवाल, शिव कलवार, रबि शर्मा, मुनीलाल अप्सरा, जयलाल यादव, शेखावत ईनर्वागाउँ, शत्रुधन यादव, मालती देवी, अम्बेवा, रेखा देवी, चान्दा देवी, ललिता, चन्द्रिका, दुलारी, रुबि खातुन, झुन झुन, कुबेर जटाधारी, हरिन्द्र पटेल, बवन ठाकुर छन् । यसअघिका विर्ता वप्रकाका इन्स्पेक्टर पुरीलाई पूर्वआइजीपी सर्वेन्द्र खनालले सरुवा गरेका थिए ।  खनाल उपत्यका अपराध अनुसन्धान कार्यालयमा हुँदा पुरीलाई सँगै लगेका थिए । आइजीपी भएपछि सचिवालयमा लगे । खनालकै जोडबलमा पुरीलाई विर्तामा सरुवा गरिएको थियो । पुरीले समेत उमेश यादवलाई घुमुवा राखी माथि उल्लेख गरिएका तस्करहरुबाट मनग्ये लाभ लिएर गएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्