वीरगञ्ज- वीरगञ्जमा प्रहरीले भारतबाट तस्करी गरी ल्याइएका सामान बोकेर जाँदै गरेका तीनवटा ट्रक नियन्त्रणमा लिएको छ। ती तीन वटै ट्रक र सामानसहित गरी दुई करोडभन्दा बढी मुल्याकंन गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए। खनालका अनुसार वीरगञ्ज १० घण्टघार स्थित सडकमा प्रहरीले बा ५ ख ६५५८ र लु २ ख ५३४९ नम्बरको मालवाहक ट्रक रोकेर चेकजाँच गर्दा दुवै ट्रकबाट बिलबिजकभन्दा बढी मुल्यका हार्डवेयर, औषधी लगायतका सामान बरामद भएको हो।
यस्तै वीरगञ्ज ८ माइस्थान चोक स्थित सडकमा ना ४ ख ४३०१ नम्बरको ट्रक रोकेर चेकजाच गर्दा उक्त ट्रकबाट पनि बिलविजकभन्दा बढी मुल्यको औषधी, लत्ताकपडा लगायतका खुद्रा मालसामान बरामद भएको प्रहरी नाययव उपरीक्षक खनालले बताए।
तीनन वटै ट्रक र ट्रकबाट बरामद सामान गरी दुई करोड रुपैयाँको मुल्यांकन गरी आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको खनालले जानकारी दिए।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्